Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको घाँसीकुवामा मार्बल बोकेको भारतीय ट्रकमा आगलागी, २ जना घाईते

तनहुँको घाँसीकुवामा मार्बल बोकेको भारतीय ट्रकमा आगलागी, २ जना घाईते

इच्छाकामना न्युज

२, चैत्र २०७७
तनहुँको घाँसीकुवामा मार्बल बोकेको भारतीय ट्रकमा आगलागी, २ जना घाईते
images

तनहुँ, २ फागुन । तनहुँको घाँसीकुवामा भारतीय ट्रकमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा जलविरेमा आगलागी भएको हो ।

images
images

उक्त दुर्घटनामा परि दुई जना घाइते भएका छन् । भारतबाट मार्बल बोकेर दमौली आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो आगलागी हुँदा भारतको उत्तर प्रदेश निवासी चालक ४१ अशोककुमार राजपूत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफै अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको र उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । व्यास नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको र ट्रकको अघिल्लो भागमा आगोले बढी क्षति भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - २२:४३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology