Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको सामुदायिक विद्यालयहरुको नतिजा खस्कियो, पालिकाको लगानी बालुवामा पानी 

आँबुखैरेनीको सामुदायिक विद्यालयहरुको नतिजा खस्कियो, पालिकाको लगानी बालुवामा पानी 

पालिकाभर एक्टिभ ग्रीनल्याण्डको नतिजा राम्रो, सामुदायीक तर्फ रामशाह र लक्ष्मी माविको सन्तोषजनक

इच्छाकामना न्युज

३०, बैशाख २०८३
आँबुखैरेनीको सामुदायिक विद्यालयहरुको नतिजा खस्कियो, पालिकाको लगानी बालुवामा पानी 
images

आँबुखैरेनी । यस वर्षको एसइई नतिजा अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायीक विद्यालय सुधारका लागि गरेको अनेकन प्रयास र लगानी बालुवामा पानी जस्तो देखिएको छ । नतिजा अनुसार ५ वटा सामुदायिक विद्यालय मध्य रामशाह मावि आँबुखैरेनी र लक्ष्मी मावि प्युघरको मात्र नतिजा सन्तोषजनक रहेको छ । सन्तोषजनक नतिजा ल्याएको भनिएको दुई विद्यालयको पनि गत वर्ष भन्दा कमजोर नतिजा देखिएको हो । आँबुखैरेनी गाउँपालिकाले शिक्षा सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि विद्यार्थीलाई होस्टेल, कोचिङ, स्मार्ट कक्षा लगायत अन्य सुविधाहरुमा समेत लगानी गरेको थियो तर पालीकाको लगानी र मेहनत अनुसारको नतिजा भने एसइई परीक्षामा आउन सकेन ।

images
images

समग्र नतिजालाई नियालेर हेर्दा पालिकाभरबाट एसइईमा सहभागी ४०९ जना विद्यार्थीमा २३३ जना विद्यार्थी अर्थात ५६.९६ प्रतिशत विद्यार्थी उर्तीण भएको छ जसमा सामुदायिक विद्यालयतर्फ २५३ जना सहभागी भएकोमा ४४.०९ प्रतिशत अर्थात ११२ जना विद्यार्थी मात्र पास भएका छन् भने संस्थागत विद्यालयतर्फ १५६ जना विद्यार्थी सहभागी भएकोमा ७७.५६ प्रतिशत अर्थात १२१ जना विद्यार्थी पास भएका छन् । 

यसैगरी यो वर्ष एसइई परीक्षामा पालिकाभर रहेका कुनै पनि संस्थागत तथा सामुदायिक विद्यालयले शतप्रतिशत विद्यार्थी उर्तीण गराउन सकेन ।

सामुदायिक तर्फ रामशाह र लक्ष्मी माविको सन्तोषजनक नतिजा
पालिकाको ५ वटा सामुदायिक विद्यालय मध्य आँबुखैरेनीमा रहेको राम शाह माविले राम्रो नतिजा ल्याएको छ जसमा १२९ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा ६५.१२ प्रतिशत अर्थात ७८ जना विद्यार्थी उर्तीण भएका छन् । गत वर्ष करिब ८० प्रतिशत विद्यार्थी उर्तीण गराउन तथा दुई विद्यार्थीले ४ जिपिए समेत ल्याउन सफल भएको विद्यालयको नतिजा यसवर्ष केहि घटेको भएपनि सन्तोष जनक देखिन्छ भने गत वर्ष शतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल प्युघरको लक्ष्मी माविले यस वर्ष १३ जना विद्यार्थी सहभागी गराई ६१.५३ प्रतिशत अर्थात ८ जना मात्र विद्यार्थी उर्तीण गराउन सकेको छ । अन्य ३ सामुदायीक विद्यालयहरुको नतिजा भने लज्जास्पद रहेको छ । १४ जना विद्यार्थी रहेको हिलेखर्क माविले २८.५७ प्रतिशत अर्थात ४ जना, ७७ जना विद्यार्थी सहभागी गराएको मित्रता माविले १७.२४ प्रतिशत अर्थात १५ जना र ११ जना विद्यार्थी सहभागी गराएको छिम्केश्वरी माविले ८.०५ प्रतिशत अर्थात १ जना मात्र विद्यार्थी उर्तीण गराउन सकेको छ ।

632213661_2673929902971833_7615195417446664076_n.jpg

पालिकाभर एक्टिभ ग्रीनल्याण्डको उत्कृष्ट नतिजा
यसैबिच एसइई परीक्षामा सहभागी आँबुखैरेनी गाउँपालिकाभरको सामुदायिक तथा संस्थागत १० विद्यालय मध्य एक्टिभ ग्रीनल्याण्ड बोर्डिङ स्कुलको नतिजा उत्कष्ट आएको छ । उक्त विद्यालयबाट एसइई परीक्षामा १६ जना विद्यार्थी सहभागी भएकोमा ९३.७५ प्रतिशत अर्थात १५ जना विद्यार्थी पास भएका छन् । त्यसैगरी ४२ जना विद्यार्थी सहभागी गराएको मस्र्याङ्गदी बालज्योती आमाविले ८५.७१ प्रतिशत अर्थात ३६ जना, ६१ जना विद्यार्थी सहभागी गराएको फ्युचर स्टार बोर्डिङले ८१.६६ प्रतिशत अर्थात ५० जना, १८ जना विद्यार्थी सहभागी गराएको ओम सनसाईनले ७७.७८ अर्थात १४ जना र १९ जना विद्यार्थी सहभागी गराएको बालशिक्षा सदनले ३१.५७ प्रतिशत अर्थात ६ जना विद्यार्थी उर्तीण गराउन सफल भएको छ । 

473028377_1332495341096301_5124303147573524390_n.jpg

images
प्रकाशित मिति :बैशाख ३०, २०८३ बुधवार - १३:५१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology