Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कृषकले लिए हाइब्रिड मकै बिउ उत्पादन गर्ने तालिम

कृषकले लिए हाइब्रिड मकै बिउ उत्पादन गर्ने तालिम

इच्छाकामना न्युज

२८, फाल्गुण २०७७
कृषकले लिए हाइब्रिड मकै बिउ उत्पादन गर्ने तालिम

चितवन फाल्गुन,२८। भरतपुर राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले किसानहरुका लागि हाईब्रिड मकैको बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी तालिम दिएको छ । मकैबाली अनुसन्धान कार्यक्रम रामपुर परिसरमा आयोजित सात दिने तालिमको विहिबार एक औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालिम पछि कृषकहरु हाइब्रिड मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालिम संयोजक वरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारीले बताए । हामी अझै पनि स्थानिय जातका मकै उत्पादनमा रुमल्लिरहेका छौं जुन व्यवसायीक कृषिकालागि लाभदायक छैन,’ वरिष्ठ वैज्ञानिक अधिकारीले भने, व्यवसायीक फड्को मार्न हाइब्रिड उत्पालनमा जानै पर्छ । ’ त्यसका लागि हाइब्रिड मकैको बिउ उत्पादन आफैंले गर्न सक्ने हुनुपर्ने उनको भनाई छ ।
तालिमको समापन समारोहमा राष्ट्रिय मकैबाली अनुसन्धानका संयोजक डाक्टरकेशव बाबु कोइरालाले स्वदेशमा नै हाईब्रिड मकै उत्पादन गर्न सके वर्षेनी विदेशीने रकम  रोक्न सकिने बताए ।यस्तै नेपाल कृषि परिषदका पशु तथा मत्स्य निर्देशक डाक्टर सोहम प्रकाश श्रेष्ठले कृषक लक्षित तालिमको उपयोग भए मात्रै कृषि क्षेत्रमा कल्पना गरिएका परिवर्तन सम्भव हुने तर्क गरे ।हाल नेपालमा दुई हजार मेट्रिक टन हाइब्रिड मकैको बिउ आयात हुन्छ । यद्यपी नेपालमा उत्पादन भइरहेको मकैले कुल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ ।  कखुरा पालक कृषकका लागि मात्रै वार्षिक ५ लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तत्थ्यांकले देखाएको छ । विउ खरिदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषकहरु महंगीको मारबाट बच्न सकिने विज्ञहरु बताउँछन् । सो क्रममा  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक दामोदर गौतमले कृषक आफैंले हाईब्रिड मकै उत्पादन गर्न सुरुगरे हाईब्रिड मकैको बिउ आयात समेतविस्तारै कम हुने बताए ।तालिममा देशभरका ३० जना कृषक सहभागि भएका थिए  । हाइब्रिड मकैको बिउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका हाइब्रिड परिक्षण तथा सिफारिस गर्ने व्यवस्था, हाइब्रिड तथा इन्ब्रिड मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगहरु लगायतविष्यमा विषय विज्ञले जानकारी दिएको तालिम आफुहरुलाई निकै फाइदाजनक भएको झापाबाट सहभागि भएका कृषक वेदनिधि आचार्यले बताए । यस्तै गुल्मीका कृषक राधादेवी ज्ञवालीले तालिमलाई व्यवहारिक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन् ।

images

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २२:२६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology