Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी

सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी

एजेन्सी

२९, फाल्गुण २०८२
सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी
images

इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। उनको सन्देश सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएको हो ।

images
images

पहिलो सन्देशमा खामेनीले मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले ती अड्डा बन्द नगरिएमा आक्रमण जारी रहने बताएका छन् । साथै इरानी जनतालाई एकताबद्ध हुन आह्वान गर्दै दबाब सिर्जना गर्न होर्मुज जलडमरु पनि केही समयका लागि बन्द राखिने बताएका छन् ।

खामेनीले इरान आफ्ना छिमेकी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध चाहने उल्लेख गर्दै लक्ष्य केवल ती देशमा रहेका अमेरिकी सैन्य अड्डा मात्र रहेको बताएका छन् । उनले आक्रमणका कारण भएको क्षतिको भरपाई मागिने र त्यस्तो नभए इरानले पनि समान क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

उनले यमनका लडाकु समूह र इराकका केही सशस्त्र समूहहरूले पनि यस संघर्षमा भूमिका खेल्ने संकेत गरेका छन् । साथै युद्धबाट प्रभावित नागरिकलाई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने योजना बनाइदै गरेको जानकारी दिएका छन् ।

खामेनीले देश कठिन परिस्थितिमा रहेको भन्दै सबै इरानीलाई मतभेद भुली एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।

गत आइतबार सर्वोच्च नेतामा नियुक्त भएपछि उनले पहिलोपटक यस्तो सन्देश दिएका हुन् । नियुक्तिपछि उनी सार्वजनिक रूपमा भने देखिएका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको हवाई आक्रमण सुरु भएको पहिलो दिन खामेनीको खुट्टामा भाँचिएको र सामान्य चोट लागेको दाबि गरिएको छ ।

साइप्रसका लागि इरानी राजदूत अलीरेजा सालारियनले पनि सोही आक्रमणमा खामेनी घाइते भएको बताएका छन् । उक्त आक्रमणमा उनका पिता तथा पूर्व सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको थियो भने परिवारका अन्य पाँच सदस्य पनि मारिएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०८२ शुक्रवार - ०८:२८:४२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology