Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

गौरमा अनिश्चितकालीन कर्फ्यू, रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

गौरमा अनिश्चितकालीन कर्फ्यू, रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८२
गौरमा अनिश्चितकालीन कर्फ्यू, रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित
images

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको निर्णयअनुसार गौर नगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू आदेश लागू भएसँगै सर्वसाधारणको आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण रोक लगाइएको छ ।

प्रशासनले बढ्दो तनाव र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जनाएको छ । सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने नगरका मुख्य स्थानहरूमा निगरानी कडा पारिएको बताइएको छ ।

यसैबीच, कर्फ्यूका कारण रौतहट जिल्ला अदालतले आज प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरेको छ । अदालत प्रशासन शाखाले सूचना जारी गर्दै आजका लागि तय गरिएका सुनुवाइ, सेवा प्रवाह तथा अन्य न्यायिक कार्यहरू स्थगित गरिएको जनाएको हो ।

अदालतका अनुसार कर्फ्यू अवधिभरको तारिख र म्याद नगुज्रिने व्यवस्था गरिएको छ, जसका कारण पक्षकारहरूलाई कानुनी हकमा कुनै नोक्सानी नपर्ने बताइएको छ ।

गौर क्षेत्रमा जारी कर्फ्यू कहिलेसम्म कायम रहने भन्नेबारे प्रशासनले थप निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

नागरिकलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

638290836 18344748535228083 2016685491427952525 n

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १३:११:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology