Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमूस्यो ह्युल चितवनले मनायो म्हाँ ङी त्ही’ पर्व

तमूस्यो ह्युल चितवनले मनायो म्हाँ ङी त्ही’ पर्व

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
तमूस्यो ह्युल चितवनले मनायो म्हाँ ङी त्ही’ पर्व
images

चितवन ।  तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवनले ‘म्हाँ ङी त्ही’ मनाएको छ। मङ्गलबार गुरूङ (तमू)हरुको सृष्टीकर्ताको रुपमा म्हाँ ङी त्ही मनाएको हो। गुरूङ जातिको पौराणिक परम्पराअनुसार सात जना आमालाई सृष्टीकर्ताको रुपमा पूजा गर्दै यो दिवस मनाउने चलन छ। तर, चितवनमा भने तमूस्यो ह्युल छोँज धीँले पहिलोपटक कार्यक्रम गरेको अध्यक्ष सीतादेवी तमूस्योले बताइन्। 

images
images

‘केन्द्रीय समितिले पहिलेदेखि नै म्हा ङी त्ही मनाउँदै आएकोमा जिल्ला समितिलाई पनि मनाउन निर्देशन दिँदै आएकोमा अहिलेसम्म कार्यक्रम गर्ने मेसो मिलेको थिएन । यसपालिबाट मेसो मिलेको छ,’ उनी भन्छिन्, ‘आगामी दिनमा पनि यो दिवसले चितवनमा निरन्तरता पाउने छ।’ 

587312f6-2e6f-4555-ac53-c081e97ac7d6.jpeg

करिब साढे दुई दशक लामो अनुभव बटुलिसकेको तमूस्यो ह्युल छोँज धीँले तमू जातिको मौलिक र पौराणिक एवम् सांस्कृतिक गतिविधिलाई खोजीखोजी संरक्षण र सम्वद्र्धन गर्ने प्रयास गर्दै आएको उनले बताइन्। ‘अग्रजहरुको साथ र सहयोगबाट हामी हाम्रो मौलिक संस्कृति संरक्षणमा काम गर्नेछौँ,’ उनले भनिन्, ‘समाजमा भएका विकृतजन्य पक्षलाई हटाउँदै सकारात्मक पक्षलाई संरक्षण गर्नु हाम्रो संस्थाको दायित्व पनि हो।’ 

तमूस्यो ह्युल छोँज धीँ वागमती प्रदश प्रमुख सावित्री गुरूङले हरेक प्राणीको सृष्टीकर्ता नै आमा भएको हुँदा आमालाई बिर्सिएर अरु काम गर्न नहुने तर्क गरिन्। संसारमै सबैभन्दा ठूलो भगवान नै आमा भएको बताउँदै आमालाई सधैँ पूजा गर्ने ठाउँमा राख्नु हरेक सन्तानको कर्तव्य हुन आउने उनले बताइन्। 

996548c4-9e26-409d-ad7f-4302ec728420.jpeg

कार्यक्रममा तमूस्यो ह्युल छोँज धीँसँगै तमू ह्युल छोँज धीँ, तमू प्ये ल्हु संघलगायतका संघसंस्थाबाट विभिन्न तहमा रहेका व्यक्तिहरु सहभागी थिए। बौद्ध धर्म सेवा समिति चितवन, तमू नगर गुठीलगायतका संघसंस्थाबाट पनि प्रतिनिधि सहभागी भएका थिए। कार्यक्रममा उपस्थित सम्पूर्णलाई रिपुसँगै सेतो टीका र खादामार्फत सम्मान गरिएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २२:३८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology