Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा

इच्छाकामना न्युज

२६, पौष २०८२
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा
images

काठमाडौँ । आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक हुँदैछ। 

images
images

११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले आजदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो। बैठक पुस २८सम्म बस्नेछ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ। यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ। 

एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ।

यसका अतिरिक्त एमालेले अघिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। केन्द्रीय समितिले उक्त परिषद् गठन गर्नेछ।

images
प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - ०८:२७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology