Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गलवान झडपपछि मोदी पहिलो पटक चीनमा, एससीओमा सहभागी

गलवान झडपपछि मोदी पहिलो पटक चीनमा, एससीओमा सहभागी

इच्छाकामना न्युज

१५, भाद्र २०८२
गलवान झडपपछि मोदी पहिलो पटक चीनमा, एससीओमा सहभागी

काठमाडौँ । जापानको दुई दिने भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार चीन पुगेका छन् । उनी गलवान झडपपछि पहिलो पटक चीन गएका हुन् । यसअघि उनी ७ वर्षअघि अर्थात् २०१८ मा चीन गएका थिए ।

images

सन् २०२० को जुनमा गलवान झडपपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो । यो भ्रमणको उद्देश्य दुई देश बीचको सीमा विवाद कम गर्नु पनि हो ।

मोदीले आज तियानजिन शहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिनेछन्। यस पटक इतिहासकै सबैभन्दा ठूलो एससीओ शिखर सम्मेलन चीनमा आयोजना हुँदैछ ।

यसमा २० भन्दा बढी देशहरू सहभागी छन् । मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै मध्य एसिया, मध्य पूर्व, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका नेताहरू पनि यस शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनपछि प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने छन् भने रुसी राष्ट्रपति पुटिनसँग उनको भेट सोमबार हुने तय भएको छ।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०८:५२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology