Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भन्सार छली गरी ल्याइएको लत्ता कपडा नियन्त्रणमा

भन्सार छली गरी ल्याइएको लत्ता कपडा नियन्त्रणमा

इच्छाकामना न्युज

६, भाद्र २०८२
भन्सार छली गरी ल्याइएको लत्ता कपडा नियन्त्रणमा
images

चितवन, भदौ ६ । चितवनमा प्रहरीले भन्सार छली गरी चोरी पैठारी गरिएको लत्ता कपडा नियन्त्रणमा लिएको छ।

images
images

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–९ स्थित सवारी साधन जाँचको क्रममा अन्दाजी रू. २,१२,४४० बराबरको कपडा बरामद गरेको हो। प्रहरीका अनुसार उक्त सामानहरू कुनै पनि बिल तथा बिजकबिनै अबैध रूपमा भन्सार छली गरी ल्याइएको पाइएको छ।

बरामद गरिएको कपडामा लेडिज रेडिमेड कुर्ता कपडा ५७ सेट र थ्री पिस कटन कोट कपडा २७ रोल रहेका छन्। प्रहरीले बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छली, चोरी निकासी तथा पैठारीमा संलग्नहरूमाथि कडा निगरानी राख्दै आएको जनाएको छ।

images
प्रकाशित मिति :भाद्र ६, २०८२ शुक्रवार - १९:१२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology