Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा एक वर्षमा साढे छ हजार व्यक्तिगत घटना दर्ता

इच्छाकामनामा एक वर्षमा साढे छ हजार व्यक्तिगत घटना दर्ता

इच्छाकामना न्युज

७, श्रावण २०८२
इच्छाकामनामा एक वर्षमा साढे छ हजार व्यक्तिगत घटना दर्ता
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले गत आर्थिक वर्ष (एक वर्ष)मा छ हजार ५३५ वटा व्यक्तिगत घटना दर्ता गरेको छ ।

images
images

आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्मको घटना दर्ताको विवरण हेर्दा सबैभन्दा धेरै जन्मदर्ता भएका छन् । गाउँपालिकाले राखेको तथ्याङ्कअनुसार जन्मदर्तामात्रै तीन हजार ७९१ वटा दर्ता भएका छन् । त्यसमध्ये पुरूषको सङ्ख्या एक हजार ८१३ र महिलाको सङ्ख्या एक हजार ९७८ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

दोस्रो नम्बरमा बसाइँसराइसम्बन्धी दर्ताको सङ्ख्या बढी देखिएको छ । एक आर्थिक वर्षमा इच्छाकामना गाउँपालिकामा बसाइँ सरी आउनेको सङ्ख्या एक हजार १४१ रहेको गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकाबाट बसाइँ सरी जानेको सङ्ख्या भने एक हजार १६ रहेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बसाइँ सरी आउनेमा वडा नं–७, मासबैभन्दा बढी छ ।

‘७ नम्बर वडामा मकवानपुरबाट धेरै मानिसहरु बसाइँ सरी आएका छन्’, उनले भने, ‘अन्य वडाहरुमा कम छन् ।’ तथ्याङ्कअनुसार वडा नं–७ मा बसाइँ सरी आउनेको सङ्ख्यामात्रै २८१ छ । यस्तै वडा नं–६ मा १९६, वडा नं–३ मा १६१, वडा नं–४ मा १५३, वडा नं–२ मा १३६, वडा नं–५ मा १३२ र वडा नं–१ मा समेत ८२ को सङ्ख्यामा बसाइँ सरी आएका छन् ।

बसाइँसराइ गरेर जानेहरुमा पनि वडा नं–७ नै अगाडि देखिन्छ । वडा नं–७ बाट बसाइँ सर्नेको सङ्ख्या पनि ७२८ छ । वडा नं–४ मा १७९, वडा नं–३ मा ५१, वडा नं–६ मा १९, वडा नं–२ मा आठ र वडा नं–१ मा चार छ । बसाइँ सरी जानेको हकमा भने वास्तविकता अल्लि फरक देखिन्छ । बसाइँ सरी गएका सबैले गाउँपालिकामा घटना दर्ता गराउने हो भने यो सङ्ख्या बढी हुन सक्ने स्वयम् गाउँपालिकाको अनुमान छ ।

‘गाउँबाट बसाइँ सरी जानेहरु सबैले घटना विवरण दर्ता गराएका छैनन्’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, ‘सबैले घटना दर्ता गराउन आउने हो भने यो सङ्ख्या अझ बढ्छ ।’ गाउँपालिकाले भने व्यक्तिगत घटना दर्ता समयमै गराउन निरन्तर आग्रह गर्दै आइरहेको छ । आफ्नै गाउँमा बसोवास गर्ने वातावरण सिर्जना गर्न गाउँपालिकाले विभिन्न खालको प्रयाससमेत गरिरहेको उनले बताए ।

‘हामीले सकेसम्म आफ्नो ठाउँ नछाड्नु भनिरहेका छौँ । गाउँमै विभिन्न खालको सम्भावना खोजी गरिरहेका छौँ’, उनले भने, ‘तर, मानिसहरुले गाउँ छाड्ने क्रम भने रोकिएको छैन । गएका सबैले पालिकामा घटना दर्ता गराएका पनि छैनन् ।’ इच्छाकामनाबाट बसाइँ सरी जाने ठाउँ भने धेरैजसो भरतपुर महानगरपालिका नै रहेको उनले बताए ।

यीबाहेक इच्छाकामनामा विवाहसम्बन्धी १०२ वटा घटना दर्ता भएका छन् । मृत्युसम्बन्धी घटना भने ४७३ पुुरूष र ४१९ महिला गरी ८९२ वटा घटना दर्ता भएका छन् । गाउँपालिकाका सातवटा वडाको तथ्याङ्कलाई केलाउने हो भने जन्मदर्तामा १ नम्बर वडा सबैभन्दा अगाडि छ । तर, अन्य सबै विवरणमा वडा नं–७ सबैभन्दा अगाडि देखिन्छ ।

वडा नं–१ मा मात्रै जन्मदर्तासम्बन्धी ८८३ वटा घटना दर्ता भएका छन् । त्यसमा ४९२ पुरूष र ४५४ महिला छन् । जन्मदर्ताकै घटना हेर्ने हो भने वडा नं–२ मा २८० पुरूष र २९३ महिला गरी ५७३, वडा नं–३ मा १७६ पुरूष र १७७ महिला गरी ३५३, वडा नं–४ मा १५९ पुरूष र १६८ महिला गरी ३२७, वडा नं–५ मा १५६ पुरूष र १८८ महिला गरी ३४४, वडा नं–६ मा २७९ पुरूष र ३२३ महिला गरी ६०२ र वडा नं–७ मा ३३४ पुरूष र ३७५ महिला गरी ७०९ वटा घटना दर्ता भएका छन् ।

जनगणना २०७८ लाई फर्केर हेर्दा इच्छाकामना गाउँपालिकाको जनसङ्ख्या २७ हजार ६३४ छ । जसमा ५० दशमलब ७ प्रतिशत पुरूष र ४९ दशमलब ३ प्रतिशत महिला छन् । इच्छाकामनामा अतिसीमान्तकृत आदिवासी जनजाति चेपाङसहित गुरूङ, मगर, तामाङ, नेवारलगायतका जातजातिहरुको बसोवास बाक्लो छ । त्यसबाहेक, अल्पसङ्ख्यक मुस्लिम तथा ब्राह्मण, क्षेत्री, ठकुरी तथा दलित समुदायको पनि बसोवास छ । चितवनपोष्टबाट

images
प्रकाशित मिति :श्रावण ७, २०८२ बुधवार - ०९:४१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology