आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा बुधबार बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
"बालमैत्री समाज निर्माण– सबैको साझा दायित्व " भन्ने मुल नाराका साथ सामाजिक विकास कार्यालय, तनहुँको आयोजना तथा आँबुखैरेनी गाउँपालिकाको समन्वय/सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
अध्यक्ष बिदुर हरी आचार्यको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक -बिद्यार्थी, अभिभावक एवं विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कृष्ण न्यौपानेले संचालन गर्नुभएको सो कार्यक्रमको प्रशिक्षण रुद्र नारायण सापकोटाले गर्नुभएको थियो ।