Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ

शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ

इच्छाकामना न्युज

११, बैशाख २०८२
शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
images

काठमाडौँ, वैशाख ११ गते। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

images
images

बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । बुधबार नेकपा (एमाले) नेता पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक अङ्गका प्रमुख, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक निकायका प्रतिनिधि र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । 

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १८:४९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology