Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन जिल्ला समन्वय समितिको प्रगति समीक्षा कविलास रिसोर्टमा 

चितवन जिल्ला समन्वय समितिको प्रगति समीक्षा कविलास रिसोर्टमा 

इच्छाकामना न्युज

१४, फाल्गुण २०७७
चितवन जिल्ला समन्वय समितिको प्रगति समीक्षा कविलास रिसोर्टमा 

चितवन,फागुन १४।
भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टमा जिल्ला समन्वय समिति चितवनको प्रगति समीक्षा कार्यक्रम सुरु भएको छ । आजसम्म चल्ने समीक्षा जिल्लामा रहेका सरकारी कार्यालयहरुले आफ्नो प्रगति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समीक्षा कार्यक्रमको राष्ट्रिय सभा सदस्य पार्वती रावलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा रावलले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाई तीन वटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताउनुभयो । पाँचदस लाखका योजना माग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दै उनले स्थानीयलाई थप शसक्त बनाउन जरुरी रहेको बताइन् । स्थानीय तहबीच समन्वयमा नीतिगत समस्याहरु रहेको भन्दै प्रमुख अतिथि रावलले सरकारले व्यवहारिक कानुनका पक्षमा ध्यान दिनुपर्ने बताइन् । 
कार्यलयहरुमा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष ०७७÷७८को अर्धवार्षिक प्रगति समीक्षाहुने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । जिल्ला समन्वय समिति प्रमुख डल्लाकोटीले कोरोनाका कारण वार्षिक समीक्षा गर्न असहज भएकाले परिस्थिति सहज बन्दै गएपछि हाल समीक्षा कार्यक्रम राखिएको बताए । केही सरकारी कार्यालयको कार्यक्रमहरु जिल्ला समन्वय समितिसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले त्यसको नियमित अनुगमन गर्ने गरिएको प्रमुख डल्लाकोटीले भनाइ रहेकोछ । पहिलो दिनको सत्रमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, सडक विभाग, पूननिर्माण प्राधिकरणको शिक्षा, भवन र निजीआवास, वनकार्यालय, शिक्षा समन्वयइकाई, पूर्वाधार विकास कार्यालयलगायतले आफ्नो गतवर्षको वार्षिक एवम् यस वर्षको अर्धवार्षिक नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, गीता वाग्ले, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिका कार्यबाहक प्रमुख बिमला दुवाडी, इच्छाकामना गाउँपालिका प्रमुख गीता कुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति चितवनको उपप्रमुख मुना श्रेष्ठले समीक्षा कार्यक्रममा स्वागत गरेकी थिइन् । सरकारी कार्यालयहरुको स्वीकृत वार्षिक कार्यक्रमअनुसार गत आव ०७६÷७७ वार्षिक प्रगति समीक्षा र चालु आव ०७७÷७८ को अर्धवार्षिक समीक्षा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रस्तुत गर्नुभएको थियो ।

images

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०५:४३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology