मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलोमा बेबारिसे अवस्थामा पल्सर मोटरसाइकल फेला परेको छ । सो स्थानको सडक छेमा दुईतीन दिनदेखि बेवारिसे अवस्थामा ना १७ प ७४६० नम्बरको मोटरसाईकल फेला परेको हो ।
हाल उक्त मोटरसाईकल इलाका प्रहरी कार्यालय मुग्लिन अन्तर्गतको प्रहरी चौकी जलविरेमा ल्याई राखिएको प्रहरीले जानकारी दिएको छ भने भेटिएको मोटरसाईकल कोही कसैको भए आवश्यक निवेदन र कागजात सहित सम्पर्कमा आउन प्रहरीले जानकारी दिएको छ ।