आँबुखैरेनी, १६ माघ । मस्र्याङ्गदी बालज्योती आवाशिय माध्यमिक विद्यालय आँबुखैरेनी तनहुँले बुधबार आफ्नो ३५ औं वार्षिक उत्सव तथा अभिभावक दिवश भव्य रुपले मनाएको छ ।
विद्यालयको प्राङ्गणमा एक समारोहकाबीच मस्र्याङ्गदी बालज्योतीले ३५ औं वार्षिक उत्सव तथा अभिभावक दिवश भव्य रुपले मनाएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल भगवानदास मल्लको सभापत्वि तथा बरिष्ठ प्रध्यापक चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक उत्सव तथा अभिभावक दिवश समारोहमा विद्यालयका विद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम, मार्च पास, पिटी प्रदर्शन, मार्सल आर्ट लगाएत प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल नविन श्रेष्ठले विद्यालयको स्थापना कालदेखि हाल सम्मको शैक्षिक प्रगती र आगामी भावि शैक्षिक योजनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएकोे थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भगवानदास मल्ल, बरिष्ठ प्रध्यापक चन्द्र बहादुर थापा, प्याप्सन तनहुँका अध्यक्ष नारायण क्षेत्री, पूर्व जिल्ला शिक्षा अधिकारी वावुराम देवकोटा, मनोज पण्डित, संगिता राई, अकला मावि पालुङ्गटारका अध्यक्ष क्षेत्रजंग भण्डारी, शेयर सदस्यहरु विपिन मल्ल, डा. राजाराम श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सुनिल मल्ल, शिवओम मल्ल, आँबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष नस्तुराम कडेंल, तनहँुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका अध्यक्ष भगवानदास मल्ल लगाएतको उपस्थिती रहेको विद्यालयले जनाएको छ ।