Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ट्रम्पको प्रतिवद्धतापछि अमेरिकामा फेरि चल्यो टिकटक

ट्रम्पको प्रतिवद्धतापछि अमेरिकामा फेरि चल्यो टिकटक

एजेन्सी

७, माघ २०८१
ट्रम्पको प्रतिवद्धतापछि अमेरिकामा फेरि चल्यो टिकटक
images

एक दिन बन्द भएप्छि अमेरिकामा फेरि टिकटक खुला गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध खोल्न कार्यकारी आदेश दिने बताएपछि भिडियो शेयरिङ एप टिकटक चल्न थालेको हो । ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दैछन् ।

images
images

जनवरी १९ मा अफलाइन भएको टिकटक ट्रम्प प्रतिबद्धतापछि खुलेको बीबीसीले उल्लेख गरेको छ । यसअघि आइतबार टिकटकले ‘कि अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि सेवा बन्द गर्नुपर्ने’ कानुनको म्याद सुरु हुन लाग्दा शनिबारबाटै टिकटक बन्द भएको थियो ।

सन २०२४ अप्रिल २४ मा लागु भएको कानुनको प्रावधान सुरु गर्ने अन्तिम मिति बाइडेन कार्यकालको अन्तिम दिन अर्थात् जनवरी १९ सम्म रहेको थियो । बीबीसीका अनुसार अ मेरिकामा १७ करोड टीकटक प्रयोगकर्ता छन् ।

ट्रम्पले टीकटक खोल्ने प्रतिबद्धता दिएपछि टीकटकले एक जानकारी सार्वजनिक गरेर ट्रम्पलाई ‘दीर्घकालीन’ टीकटक सञ्चालनबारेमा ‘प्रस्टता र प्रतिबद्धता’ दिएकोमा ‘धन्यवाद’ भनेको छ ।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - ०८:२७:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology