Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनका दुग्ध किसानलाई बिमा सम्बन्धी पुनर्ताजकीकरण प्रदान

चितवनका दुग्ध किसानलाई बिमा सम्बन्धी पुनर्ताजकीकरण प्रदान

images

इच्छाकामना न्युज

२३, पौष २०८१
चितवनका दुग्ध किसानलाई बिमा सम्बन्धी पुनर्ताजकीकरण प्रदान
images

चितवन, पुस २३ । चितवनका दुग्ध किसानलाई बिमा सम्बन्धी पुनर्ताजकीकरण प्रदान गरिएको छ । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले आज जिल्ला सहकारी संघ चितवनको कार्यालयमा जिल्लाका दुई दर्जन दुग्ध किसानहरुलाई तालिम प्रदान गरेको हो ।

साना किसान र दुग्ध सहकारी संस्थाका शेयर सदस्य, ऋणी तथा कर्मचारीमा सौलियत दरमा बिमा गर्न लागिएको संस्थाका इन्चार्ज रामकुमार अधिकारीले बताउनुभयो । प्रतिवर्ष प्रतिहजार बीमाङ्क बराबर २ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । ५ बर्षसम्म बिमा गर्न पाइने यस बिमाको अधिकतम रकम पाँच लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो ।
१६ वर्षदेखि ६९ बर्ष उमेर समुहका शेयर सदस्य, ऋणी तथा कर्मचारीले बिमा गर्न पाउनेछन् । बिमा पछि दुर्घटनाका कारण मृत्यु भएमा २ सय प्रतिशत, काजक्रिया खर्च २५ हजार, दुर्घटनाका कारण असक्त भएमा बीमाङ्क रहेको सय प्रतिशत रकम किसानले प्राप्त गर्नेछन् । बिमा कम्पनीले यस रकम बिमित व्यक्तिको खातामा नभई सहकारी संस्थाको खातामा पठाउने व्यवस्था गरेको अधिकारीले जानकारी दिनुभयो ।

चितवन जिल्ला दुग्ध सहकारी संस्थाका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - २०:२८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology