Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

बुटवलको मजुवा डम्पिङ्ग साइटमा नवजात शिशु मृत फेला

बुटवलको मजुवा डम्पिङ्ग साइटमा नवजात शिशु मृत फेला

images

इच्छाकामना न्युज

२३, पौष २०८१
बुटवलको मजुवा डम्पिङ्ग साइटमा नवजात शिशु मृत फेला
images

२३ पुस, बुटवल। बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार बुटवल मजुवा क्षेत्रको डम्पिङ साइटमा भर्खर जन्मेकी नवजात शिशु  मृत अवस्थामा फेला परेको बताए ।

नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा फेला परेको बताउँदै उनले मृत्युको कारण खोज्ने काम भइरहेको डीएसपी पण्डितले बताए ।

फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिशुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको बताउँदै डीएसपी पण्डितले मृतक नै जन्मेर गाडेको वा अवैध तरिकाले बच्चाको हत्या भएको भन्ने बारेमा अनुसन्धान हुने जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - २०:१८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology