Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको सर्वशन्ति माविमा पुस २५ देखि राष्ट्रपति रनिङशील्ड प्रतियोगिता संचालन हुने

इच्छाकामनाको सर्वशन्ति माविमा पुस २५ देखि राष्ट्रपति रनिङशील्ड प्रतियोगिता संचालन हुने

इच्छाकामना न्युज

२१, पौष २०८१
इच्छाकामनाको सर्वशन्ति माविमा  पुस २५ देखि राष्ट्रपति रनिङशील्ड प्रतियोगिता संचालन हुने
images

इच्छाकामनामा । इच्छाकामनाको श्री सर्वशान्ति माविमा पुस २५ र २६ गते राष्ट्रपति रनिङशील्ड प्रतियोगिता संचालन हुने भएको छ।

images
images

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा आज बसेको माध्यमिक विद्यालयहरूका प्रअ तथा सरोकारवालाहरुको बैठकले गाउँपालिका स्तरीय प्रतियोगितालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समितिहरू गठन गरिएको छ।

जसमा अनुशासन समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, अनुगमन समितिको संयोजकमा लक्ष्मण चेपाङ, सुरक्षा प्रबन्ध समितिको संयोजकमा इप्रका मुग्लिनका प्रमुख निरला भण्डारी, स्वास्थ्य संयोजकमा हरि देवकोटा, समारोह उपसमिति का संयोजकमा जोहन खरेल, प्राविधिक उपसमितिको संयोजकमा भोजराज दवाडी, खेलकुद सञ्चालन समन्वय समितिको उपसमितिको संयोजकमा युवराज लामा रहेका छन्। त्यसैगरि विधागत खेलतर्फ भलिबलको संयोजकमा युवराज लामा, कबड्डी खेलको संयोजकमा दिपक श्रेष्ठ, एथलेटिक्स खेलतर्फको संयोजकमा राम थापा र तेक्वान्दो खेल संयोजकमा मेलिना गुरुङ रहेका छन्।

प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पुस २३ गते ४:०० बजे भित्र पेश गर्नुपर्ने तथा गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्करराज विष्टले जनाएका छन्।

प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्र/ छात्रा १०० मि. ,२०० मि. , ४००मि., उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्र सटफुट १२ पाउण्ड, छात्रा सटफुट ८ पाउण्ड तथा तेक्वान्दोका विभिन्न क्याटेगोरीमा खेल हुने भएको छ।

पुष २५ गते बिहिबार बिहान ११:०० बजे श्री सर्वशान्ति मावि कुरिनटारमा राष्ट्रपति रनिङशील प्रतियोगिताको उद्घाटन हुने भएतापनि एथलेटिक्स तर्फका खेलहरू बिहान ८ बजेबाट नै सुरु हुनेछ‌।

रनिङ सिल्डका उद्घाटन, समापन तथा अधिकांश खेलहरू श्री सर्वशान्ति मावि कुरिनटारको खेलमैदानमा हुने भएतापनि केही खेल भने प्रगति पाठशालामा हुनेछ।

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २२:३४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology