Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

images

इच्छाकामना न्युज

२१, पौष २०८१
भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु
images

 चितवन । चितवनमा पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको छ ।

रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार साँझ करीब ११ बजेतिर नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर घाइते भएका थिए । मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित सडकको खाल्डोमा खसेर घाइते भएका थिए ।

प्रहरी सहायक हवल्दार रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए । खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र उनको निधन भएको उनले जानकारी दिए ।

मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन घाइते छन् । अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २१:२६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology