Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

भारी हिमपात र खराब मौसमका कारण बेलायतमा यातायात नराम्ररी प्रभावित

भारी हिमपात र खराब मौसमका कारण बेलायतमा यातायात नराम्ररी प्रभावित

images

इच्छाकामना न्युज

२१, पौष २०८१
भारी हिमपात र खराब मौसमका कारण बेलायतमा यातायात नराम्ररी प्रभावित
images

काठमाडौँ । भारी हिमपात र खराब मौसमका कारण बेलायतमा यातायात नराम्ररी प्रभावित भएको छ । खराब मौसमले हवाई सेवा र रेल सेवालाई प्रत्यक्ष असर गरेको छ ।

बेलायतको नेशनल रेलवेले हवाई यात्रासँगै रेलमा यात्रा गर्ने यात्रुले पनि आज समस्या भोग्न सक्ने बताएको छ । दक्षिणी इङ्ल्यान्डमा भारी वर्षाको सम्भावना देखिएपछि फेरि पहेंलो चेतावनी जारी गरिएको छ । यसअघि वेल्सका अधिकांश भागमा पानी पर्ने चेतावनी दिइएको थियो ।

लिभरपुल जोन लेनन एयरपोर्टले अपडेट जारी गर्दै धावनमार्ग 'अस्थायी रूपमा बन्द' रहेको जनाएको छ, तर उनीहरू यसलाई खाली गर्न 'कडा मेहनत' गरिरहेका छन् । 

यसैबीच, म्यानचेस्टर विमानस्थलले 'विगत एक घण्टादेखि जारी भारी हिमपातका कारण' धावनमार्ग बन्द गरिएको जनाएको छ। तर, केही घण्टापछि विमानस्थल सञ्चालनमा आएको थियो ।

म्यानचेस्टर एयरपोर्टले एक विज्ञप्ति जारी गर्दै केही उडानहरू हिउँले गर्दा अवरुद्ध रहेको छ र रनवे हटाउने काम जारी रहेकाले उडान संचालन हुन ढिलाइ हुन सक्ने बताएको छ ।

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २१:२४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology