Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

धादिङको बेनिघाट रोराङ- ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

धादिङको बेनिघाट रोराङ- ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

images

इच्छाकामना न्युज

१९, पौष २०८१
धादिङको बेनिघाट रोराङ- ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने
images

बेनिघाट । धादिङको बेनिघाट रोराङ ७ चरौँदीमा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । आवासीय विद्यालय सञ्चालनका लागि कोष खडा गर्न बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । गाउँपालिकाको आयोजनामा  माघ १७ गतेदेखि २३ गते  सम्म महायज्ञ हुने भएको हो ।  


बेनीघाट रोराङ रोराङ गाउँपालिकाको शैक्षिक सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अघि बढीरहेको र वडा नम्बर ८ मा सात वटा विद्यालयलाई एकिकृत गरि आवासिय विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले बताउनुभयो । अन्य वडाहरुमा पनि माग रहेको उहाँको भनाई छ । उच्च कुपोषण भोकमरी र बालबालिकाले विद्यालय छाड्ने दर जस्ता चनौतिसँग जुधिरहेको यस बेनघिाट रोराङ गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार र समतामुलक शैक्षिक पहुँचलाई केन्द्रमा राखी अगाडी बढीरहेको उहाँको भनाई छ । कुपोषण र भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको सुनिश्चितताको लागि महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभयो ।
परम्परागत सोच र सोही बमोजिम अवलम्बन गरिएका कार्यशैलीले नतिजा दिन सक्ने अवस्था नरहेकाले फरक ढंगको सोचका साथ रणनितिक रुपमा स्रोत व्यवस्थापनको विकल्प खोजीनु पर्ने निष्कर्ष सहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 
राधिका दासको मुखारविन्दबाट कथा वाचन हुने वडा नम्बर ५ का वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता रोशन सिलवालले जानकारी दिनुभयो । कार्यक्रममको मुल समारोह समिति, उपसमिति र वडास्तरीय सहजीकरण समिति निर्माण भई काम तयारीको काम भइरहेको उहाँले बताउनुभयो । 
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे,वडा न. ७ का वडा अध्यक्ष कुमार बस्नेत लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।  

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २१:१५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology