Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

भरतपुरको भोजाडबाट लागु औषध सहित दुई युवक पक्राउ 

भरतपुरको भोजाडबाट लागु औषध सहित दुई युवक पक्राउ 

images

इच्छाकामना न्युज

१८, पौष २०८१
भरतपुरको भोजाडबाट लागु औषध सहित दुई युवक पक्राउ 
images

भरतपुर, १८ पौष । चितवन भरतपुर महानगरपालिका वडा नं.११ भोजाडबाट लागु औषध सहित २ युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र अस्थायी प्रहरी पोष्ट भोजाड चितवनबाट खटिएको प्रहरी चेकिङ टोलिले भोजाडमा चेकजाँच गर्ने क्रममा ना १ ज ६७५४ नम्बरको म्याजिकमा सवार रहेका भरतपुर महानगरपालिका वडा नं. ०८ बस्ने बर्ष २० का बिपिन परियारले लुकाई छिपाई ल्याएको लागुऔषध ट्रामाडोल १०० क्याप्सुल फेला परेकोले प्रारम्भिक अनुसन्धान गर्दा उक्त लागुऔषध कालिका नगरपालिका वडा न.०२ पदमपुर ६ नम्बर बाटो घर भई ऐ.०२ सृष्टीचोक बस्ने बर्ष २८ का सागर भण्डारी संग खरिद गरेको खुल्न आएकोले सागर भण्डारी सहित लागुऔषध पक्राउ गरेको हो ।

भण्डारीको डेराकोठामा चेकजाँच गदा लागु औषध ट्रामाडोल २१,३६०।– (एक्काईस हजार तिन सय साठी) क्याप्सुल, स्टेगन–२५ लेखिएको प्रतिबन्धित औषधीजन्य चिजबस्तु २१,२६०।– (एक्काई हजार दुई सय साठी) ट्यावलेट र रकम रु.३१,५८०।– (एकतिस हजार पाचसय अन्ठाउन्न) बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत चितवनबाट दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ । 

 

images
प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - २१:०५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology