Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते

गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते

images

इच्छाकामना न्युज

१६, पौष २०८१
गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते
images

नारायणगढ, पुस १६ गते। गैंडाको आक्रमणबाट मंगलबार चितवन रत्ननगरको जयमगलामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीपक्षक भेषराज रिजालका अनुसार  दिउँसो  १:४५ बजे  रत्ननगर नगरपालिका वडा नम्बर १३ जयमँगलामा गैंडाले आक्रमण गर्दा एक जनाको  मृत्यु भएको हो। 

 गैंडाको आक्रमणमा परेर रत्ननगर नगरपालिका वडा नम्बर १६ कि ७० वर्षीया कृष्णकुमारी थापाको मृत्यु भएको हो। 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट मान वस्तीमा गैंडा प्रवेश गरेर मानिसलाई आक्रमण गरेको हो। घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको भइरहेको छ। 

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - २२:४४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology