Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनमा रक्तदानसम्बन्धी सचेतनामूलक स्टिकर अभियान सञ्चालन

चितवनमा रक्तदानसम्बन्धी सचेतनामूलक स्टिकर अभियान सञ्चालन

images

इच्छाकामना न्युज

१६, पौष २०८१
चितवनमा रक्तदानसम्बन्धी सचेतनामूलक स्टिकर अभियान सञ्चालन
images
चितवन । रक्तदानको महत्त्वबारे जनचेतना जगाउन ‘मिसन रेड अभियान’ले आज चौबिसकोठी चोकमा सचेतनामूलक स्टिकर अभियान सञ्चालन गरेको छ । जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघसंस्थाको सहकार्यमा बिहान ९ बजेदेखि सुरु भएको यस अभियानमा स्थानीय र लामो दूरीका सवारी साधनमा ६०० स्टिकर टाँसिएको हो ।
रक्तदानको महत्त्वबारे जानकारी दिँदै नागरिकहरूलाई यसमा सहभागी गराउने उद्देश्यले सुरु गरिएको यस अभियानका लागि१२०० स्टिकर र १० ब्यानर तयार गरिएको थियो । त्यसमध्ये ६०० स्टिकर विभिन्न सवारी साधनमा प्रयोग गरिएको आयोजकले जनाएको छ ।
मिसन रेडले डिजिटल प्लेटफर्म मार्फत पनि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराएको छ । कार्यक्रमलाई मिसन रेडका संयोजक अर्जुन अधिकारीले अध्यक्षता गरेका थिए । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने जनस्वास्थ्य कार्यालय चितवनका प्रतिनिधि गुरु कँडेल र रोटरी क्लब अफ चितवनका द्वितीय उपाध्यक्ष राजन पिया विशिष्ट अतिथि थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि तथा अन्य सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । मिसन रेड अभियान २०८१ मा एसडी फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा सुरु भएको हो । यस अभियानले देशभर रक्तदान कार्यक्रम र सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
आगामी १९ पौषमा भरतपुर अस्पताल परिसरमा ‘मेरो पहिलो रक्तदान’ कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र यसले रक्तदानप्रति जनचेतना बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - २२:३७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology