Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

खोटाङमा बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ

खोटाङमा बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ

images

इच्छाकामना न्युज

१४, पौष २०८१
खोटाङमा बालविवाह गर्ने बेहुलासहित आफन्त पक्राउ
images

खोटाङ, पुस १४ गते । खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने युवकसहित दुई जनालाई पक्राउ गरेको हो । 

१३ वर्षीय बालिकासँग विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न आफन्त कमला राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

गत पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । पक्राउ परेका दुबै जनाविरुद्ध बालविवाह अन्तरगतको मुद्दा चलाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला विकास शाखाले मङ्सिर १४ र १५ गते जालपामा वाल विवाह न्यूनीकरण सम्बन्धी क्षमता विकास तालिम गरेको थियो । सोही कार्यक्रमको प्रभाव स्वरुप बालविवाहसम्बन्धी सूचना प्रहरीलाई पुगेको थियो ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २१:५५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology