Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन हात्ती तथा पर्यटन महोत्सवको डुंगा दौडमा भरतपुर महानगर प्रथम

चितवन हात्ती तथा पर्यटन महोत्सवको डुंगा दौडमा भरतपुर महानगर प्रथम

इच्छाकामना न्युज

१३, पौष २०८१
चितवन हात्ती तथा पर्यटन महोत्सवको डुंगा दौडमा भरतपुर महानगर  प्रथम
images

सौराहा । चितवनको पर्यटकीय सौराहामा जारी १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शनिबार भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । पतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो।

images
images

चितवनका स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष ओम पाण्डेले जानकारी दिए । रत्ननगर नगरपालिकाको तर्फबाट कानु वोटे र कालिका नगरपालिकाको तर्फबाट होमबहादुर कुमाले डुंगा चलाएका थिए । सौराहा स्थित राप्ती नदीको २ किलोमिटरमा डुंगा दौड प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव सञ्चालन भईरहेको छ ।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:५०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology