Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा पुनः याम बहादुर गुरुङ

माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा पुनः याम बहादुर गुरुङ

इच्छाकामना न्युज

१२, पौष २०८१
माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा पुनः याम बहादुर गुरुङ

पाँचकिलो । नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ निर्वाचित  भएका छन्  । आज पाँच किलोमा  सम्पन्न वडा सम्मेलनबाट गुरुङ पुन: अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।  गुरुङको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ ।

images

उपाध्यक्षमा विमला घिमिरे, सचिवमा विर बहादुर विक, कोषाध्यक्षमा सन्त बहादुर चेपाङ र सह–सचिवमा पूर्णमाया चेपाङ चयन भएका छन् । नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ,संयोजक सावित्री सिलवाल,सचिव रामहरि कडेँल, सम्झना खड्का सिलवाल, कुमार मगर लगायतका नेताहरुको उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको हो । 

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - २३:१८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology