Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरु

सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरु

इच्छाकामना न्युज

११, पौष २०८१
सौराहामा हात्ती तथा पर्यटन महोत्सव सुरु
images

चितवन । पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

images
images

क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो । झाकी नगरको परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुगेको थियो ।

चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १५:००:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology