Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

गाउँबस्तीमा पुगेर स्वास्थ्य सेवा दिदै तनहुँ सेवा अस्पताल

गाउँबस्तीमा पुगेर स्वास्थ्य सेवा दिदै तनहुँ सेवा अस्पताल

images

इच्छाकामना न्युज

११, पौष २०८१
गाउँबस्तीमा पुगेर स्वास्थ्य सेवा दिदै तनहुँ सेवा अस्पताल
images

दुलेगौँडा ११ पुस । ग्रामिण बस्तीमा रहेका नागरिकहरुलाई गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेर तनहुँ सेवा हस्पिटलले सेवा प्रदान गरेको छ ।

शुक्लागण्डकी नगरपालिका ४ दुलेगौँडामा रहेको यस हस्पिटलले बुधबार हरिनास गाँउपालिका १ सालडाँडामा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविर मार्फत ४ सय ३९ जना नागरिकले लाभ लिएका छन् । साथै शिविरमा नै थप २ सय ४ जनाको आखा परिक्षण गरेको हस्पिटलका ब्यवस्थापक विष्णु अर्यालले जानकारी दिनुभयो ।

अर्यालले शिविरमा छाती रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मेघराज लामिछाने, फिजिसीयन डा. तारा पौडेल, छाला रोग विशेषज्ञ डा. रमेश शर्मा, बालरोग विशेषज्ञ डा. किरण शर्मा, स्त्रीरोग विशेषज्ञ डा. अस्मिता पाठक लगायतले स्वास्थ्य परिक्षण गरेको बताउनुभयो ।

अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको शिविरमा सुगर र उच्च रक्तचापका विरामी, महिलामा शल्यक्रिया गर्नुपर्ने विरामी समेत पहिचान गरेर उपचारका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । दुलेगौाडामा रहेको यस हस्पिटल तनहुँसँगै कास्की, स्याङ्जा र नवलपरासीका नागरिकहरु उपचारका लागि आउने गरेका छन् ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १४:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology