Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २५ जना बाँच्न सफल

६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २५ जना बाँच्न सफल

images

इच्छाकामना न्युज

१०, पौष २०८१
६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २५ जना बाँच्न सफल
images

अक्ताउ  ।  अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ । 

 

कजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार जहाजमा रहेका २५ जना बाँच्न सफल भएका र तीमध्ये २२ जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको कजाकस्तानका अधिकारीहरूले जनाएका छन् ।

कजाकस्तानका आकस्मिक सेवाका अधिकारीहरूका अनुसार दुर्घटना स्थल पुग्दा अजरबैजान एयरलाइन्सको जहाजमा आगो लागिरहेको थियो । पछि जहाजमा लागेको आगो निभाइएको छ । विमानमा अजरबैजानका ३७, रुसका १६ कजाकस्तानका ६, किर्गिस्तानका ३ यात्रु रहेका सीएनएनले जनाएको छ ।

अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त विमानलाई कुहिरोका कारण कजाकस्तानतर्फ मोडिएको थियो । अजरबैजान एअरलाइन्सले भने हालसम्म दुर्घटनाबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - १६:०५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology