Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किसानले दुध बेच्नको लागि ४८ करोडको हेलिकप्टर किने, खेतमा हेलिप्याड बनाए

किसानले दुध बेच्नको लागि ४८ करोडको हेलिकप्टर किने, खेतमा हेलिप्याड बनाए

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
किसानले दुध बेच्नको लागि ४८ करोडको हेलिकप्टर किने, खेतमा हेलिप्याड बनाए
images

काठमाडौं फागुन ४। एक किसानले दूध बेच्नको लागि ४८ करोड रुपैयाँ खर्च गरेर हेलिकप्टर किनेका छन् । खबर सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । भारतको महाराष्ट्रको ग्रामीण क्षेत्र भिंवडीका किसान जनार्दन भोइरले ३० करोड भारु ९४८ करोड नेपाली रुपैयाँ० खर्च गरेर हेलिकप्टर किनेका हुन् । डिएनए इण्डियाको रिपोर्टअनुसार दूध व्यवसायी जनार्दनले आफ्नो व्यवसायको सिलसिलामा देशैभरी जानुपर्ने भएकोले समयको बचतको लागि हेलिकप्टर किनेका हुन् ।आइतबार ट्रायलको लागि हेलिकप्टर उनको गाउँमा ल्याइएको थियो । भोइरले हेलिकप्टरमा राखेर गाउँ पञ्चायतमा नयाँ निर्वाचित सदस्यहरुलाई घुमाए । जनार्दनसँग १०० करोडभन्दा धेरैको सम्पत्ति भएको बताइन्छ । जनार्दन अहिले यो हेलिकप्टरको ट्रायल गर्दैछन् । दूध उत्पादक किसान हुनुका साथै उनी रियलस्टेट व्यवसायी पनि हुन् । कामको सिलसिलामा उनी देशको पूर्वदेखि पश्चिमसम्म जानुपर्छ ।उनी जानुपर्ने कैयौं क्षेत्रहरुमा हवाइ यात्राको सुविधा नभएका कारण उनको समय बर्बाद भइरहेको थियो । त्यसपछि एक मित्रको सल्लाहअनुसार उनले हेलिकप्टर किनेका हुन् । जनार्दनका अनुसार दूध र दूधजन्य अन्य पदार्थको व्यवसायको सिलसिलामा उनी पञ्जाब, गुजरात, राजस्थान र पूर्वी राज्यहरुमा जानुपर्छ ।जनार्दनले आफ्नो घरनजिकै खेतमा हेलिप्याड बनाएका छन् । यहाँ पाइलटको निवास, प्राविधिक कक्ष बनाउने तयारी भइरहेको छ । जनार्दनका अनुसार १५ मार्चमा उनले हेलिकप्टर पाउनेछन् । उनले आफूसँग भएको अढाइ एकड जमिनमा वरिपरि घेरेर हेलिप्याड र अन्य संरचना बनाउनेछन् ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १७:०७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology