Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुन्दरबजारमा बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू

सुन्दरबजारमा बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू

सुन्दरबजारमा बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू
images

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो । नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको सुन्दरबजार नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जनाकरी दिए ।

images
images

विशेष गरी बागमती प्रदेशको धादिङका धेरै क्षेत्रमा बेमौसमी लहरे तरकारीबाली उत्पादन हुँदै आएको छ । सुन्दरबजारका किसानलाई पटक–पटक त्यही ठाउँमा कृषि अवलोकन भ्रमण लगेपछि यहाँका किसान पनि बेमौसमी लहरे तरकारी बालीप्रति आकर्षित भएर जिल्लामा नै पहिलो पटक उत्पादन परीक्षणमा लागेका शाखाका अधिकृत अधिकारीले बताए ।

अधिकारीका अनुसार पालिजातको करेला, न्यू नारायणी जातको घिरौला, अनमोल जातको लौका र भक्तपुरे काँक्रो सुुरूको चरणमा परीक्षण उत्पादनमा लागिएको बताउनुभयो । अहिले किसानले गुम्बज बनाएर बिरूवा रोप्ने काम गरिरहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को कृषि विकास शाखातर्फको कार्यक्रममा समावेश गरिएको बेमौसमी तरकारी बाली उत्पादन परीक्षणलाई नगरपालिकाले किसानलाई कच्चापदार्थ र मल बीउमा सहयोग गरेको छ । उत्पादनको लागि आवश्यकपर्ने कच्चापदार्थ बाँस, गुम्बज बनाउने प्लास्टिक, बीउ, आवश्यक मल, सिँचाइको लागि आवश्यकपर्ने हजारी, कीटनाशक विषादी, विषादी छर्न आवश्यक पर्ने स्प्रे, बिरूवा उत्पादनको लागि आवश्यक पोलिपट र प्राविधिक सहयोग पालिकाले गरेको शाखाका नायब प्राविधिक सहायक तिलकुमारी श्रेष्ठले बताउनुभयो ।

 

प्राविधिक दृष्टिकोणले पनि बेमौसमी तरकारी लहरेबाली उत्पादनको लागि यस भूगोल उपयुक्त भएकाले आफूहरू परीक्षण उत्पानमा सफल हुने किसानको आशा रहेको छ । परीक्षण उत्पानको लागि किसानले चार जातका तरकारी प्रतिकिसान एक सय २० देखी एक सय २५ वटा बिरूवाका दरले रोपेका छन् ।

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १६:३६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology