Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या

हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या

images
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
images

खोटाङ, पुस ८ गते । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उहाँको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको बताइएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उहाँका २२ वर्षका छोरा प्रविन आचार्य हत्या भएर मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत हुनुहुन्थ्यो । केही दिन अघि मात्र दिक्तेलबाट भक्तपुर छोराहरु भएको ठाउँमा गएको आचार्यका छिमेकी एवम् नेपाल पत्रकार महासँघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो ।

बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उहाँहरुको शव फेला परेको हो । प्रहरीका अनुसार उहाँहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ । अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ । यसैगरी, सँगै बस्दै आउनुभएका कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन हुनुहुन्छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १६:०७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology