Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने

मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने

images
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने
images

चितवन, पुस ७ । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग (मुग्लिन–काठमाडौं सडक) आजदेखी दैनिक ३ घण्टा बन्द हुने छ ।

स्तरोन्नतिसहित निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गदेखी मुग्लीनसम्मको सडक आजदेखी पुस १३ गते शनिवारसम्म दैनिक बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द गरिने भएको हो ।

नागढुङ्गा–मुग्लीन सडक आयोजनाले एक सूचना जारी गर्दै सो राजमार्गहरू भएर सङ्घीय राजधानी प्रवेशका लागी आउने र राजधानीबाट बाहिरिने सबै सवारीका साधाहरूले आफ्नो लेन अनुसारको अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरेको छ ।

सो समयमा अत्यावश्यक सवारीका साधनहरू बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता सवारी साधनहरू भने चल्न पाउने छन् । सो राजमार्ग हुँदै दैनिक सत्र हजारको हाराहारीमा सवारीका साधनहरू गुड्ने गरेका छन् ।

images
प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - १३:३६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology