Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना आधारभुत अस्पतालको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, १८० जनाको स्वास्थ्य परीक्षण

इच्छाकामना आधारभुत अस्पतालको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, १८० जनाको स्वास्थ्य परीक्षण

इच्छाकामना आधारभुत अस्पतालको प्रथम वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, १८० जनाको स्वास्थ्य परीक्षण
images

कुरिनटार ।  चितवनको  इच्छाकामना  गाउँपालिका ४ स्थित  इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा  एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  अस्पतालको प्रथम बार्षिकोत्सवको अवसरमा  इच्छाकामना गाउँपालिकाको आयोजनामा नि : शुल्क  स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

images
images

विश्वज्योति फर्मा भरतपुर १० चितवनको  सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा १८० जनाले  स्वास्थ्य जाँच तथा उपचार गराएको  गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख  हरि बहादुर देवकोटाले बताउनुभयो । उहाँका अनुसार  भिडियो एक्सरे १३३ जना, सुगर परिक्षण १४५,यूरिन परिक्षण ३३, स्त्री रोग सम्बन्धी ५० र पाठेघर मुखको  क्यान्सर सम्बन्धी २३ जनाले परिक्षण गराएका  छन् । 

6c4aea70-6dea-483c-bbe2-f2456efb2fd81734798302.jpg

शिविरमा प्रमुख कन्सल्टेन्ट फिजिसियन प्रा. डा विजयप्रसाद पौडेल, मेडिसिन डा. सुरज सुवेदी, रेडियोलोजिस्ट डा. राहुल श्रेष्ठ ,स्त्री रोग विशेषज्ञ डा. रमेश पौडेल  र मेडिकल अधिकृत डा. संगम न्यौपाने लगायतले स्वास्थ्य परिक्षण तथा उपचार गर्नुभएको थियो ।  


शिविरको प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले स्वास्थ्य जाँच गराएर उद्घाटन गर्नुभएको थियो ।

47e62e17-a3d1-4073-b032-cac4650714311734798154.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल , ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, ५ का वडाध्यक्ष तेज बहादुर शेरचन लगायतको उपस्थिति रहेको थियो ।

47e62e17-a3d1-4073-b032-cac4650714311734798154.jpg 

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - २२:२६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology