Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनको गड्यौली चर्चमा एक महिला मृत फेला

चितवनको गड्यौली चर्चमा एक महिला मृत फेला

images
चितवनको गड्यौली चर्चमा एक महिला मृत फेला
images

चितवन । चितवनको गड्यौली चर्चमा एक जना महिला मृत भेटिएकी छिन् ।

चितवनको राप्ती नगरपालिका वडा नंबर २ गड्यौलीमा रहेको गड्यौली चर्चमा बस्दै आएकी महिला मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृतक महिला मकवानपुरको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान रहेको प्रहरीले जनाएको छ । ओछ्यानमा बेहोस अवस्थामा छोराछोरीले देखेपछि उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरले जनाएको छ ।

बुधबार साँझ साढे ५ बजे बेहोस अवस्थामा देखेपछि आफन्तले उनलाई अस्पताल लगेकोमा उपचारको क्रममा स्याङ्तानको बुधबार साँझ ६ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - २१:१३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology