Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनकाे कृषि मेलामा मानव र वन्यजन्तु द्वन्द्वका बारेमा बहस

चितवनकाे कृषि मेलामा मानव र वन्यजन्तु द्वन्द्वका बारेमा बहस

images
चितवनकाे कृषि मेलामा मानव र वन्यजन्तु द्वन्द्वका बारेमा बहस
images

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा चलिरहेको कृषि प्रदर्शनी तथा कृषक मेलामा मानव र वन्यजन्तु द्वन्द्वका विषयमा बहस गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रमुख गणेश पन्त, कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायका प्राध्यापक वासुदेव पोखरेल, डिभिजन वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्की बहसकर्ता हुनुहुन्थ्यो । बहसका क्रममा वक्ताहरुले राष्ट्रिय वन घट्दै र निजी वन बढ्दै जानु पनि मानव वन्यजन्तु द्वन्द्वको एउटा कारण रहेको बताउनुभएको छ ।

विशेषगरी बसाइँसराइका कारण पहाडी क्षेत्रमा जग्गा बाँझो हुने र जङ्गल बन्ने गरेका कारण मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उहाँहरुको भनाइ छ ।

पहाडी क्षेत्रमा बाँदरले आतङ्क मच्चाएको बताउँदै विज्ञले यसबाट जोगिन तत्कालका लागि बाँदरले मन नपराउने बालीको खेती गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै जङ्गलमा बाँदरले मन पराउने बोटबिरुवा रोप्नुपर्ने उहाँहरुको सुझाव छ ।

सकेसम्म जग्गा बाँझो नराख्नेतर्फ ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै छरिएर रहेका बस्तीलाई एकिकृत गराउन सके पनि मानव वन्यजन्तु द्वन्द्वमा कमी ल्याउन सकिने विचार व्यक्त गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा समस्या ग्रस्त जनावरलाई निगरानी गर्नका लागि स्याटेलाइट, ड्रोन तथा क्यामेरा ट्रयापिङ्गको प्रयोग गरिएको र यस्ता प्रविधिलाई अझ प्रभावकारी बनाउनपर्ने उहाँहरुको भनाइ छ ।

गएको मङ्सिर २९ गतेदेखि शुरू भएको कृषि प्रदर्शनी एवम् कृषक मेला आज सकिँदैछ ।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - ११:२७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology