Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

तमू प्ये ल्हु संघ चितवनको भवन र क्होइबो धीँ निर्माणमा जुटदै

तमू प्ये ल्हु संघ चितवनको भवन र क्होइबो धीँ निर्माणमा जुटदै

images
तमू प्ये ल्हु संघ चितवनको भवन र क्होइबो धीँ निर्माणमा जुटदै
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवन आफ्नै भवन र क्होइबो धीँ निर्माणका लागि करिब डेढ महिनादेखि अभियानमा जुटेको छ ।

भवन निर्माणका लागि जग्गा खरिद गर्नुपर्ने हुँदा करिब पौने दुई करोड रूपैयाँ अर्थ सङ्कलनको अभियानमा लागेको हो ।

कात्तिक दोस्रो साता लमजुङको भुजुङ र घलेगाउँबाट अभियान थालेको प्ये ल्हु संघ चितवनले एक हप्तादेखि चितवनमै घरदैलो अभियान चलाएको छ । अभियानकै क्रममा भरतपुर महानगरपालिका वडा नं–४, लङ्कू निवासी जगत गुरूङ र देउमाया गुरूङको परिवारले दुई धुर जग्गा खरिदका लागि पाँच लाख रूपैयाँ सहयोग गरेका छन् ।

भरतपुर–४, यज्ञपुरीस्थित पेन्सन क्याम्पनजिकै बैना गरेको जग्गामा दुई धुर जग्गा गुरूङ परिवारले खरिद गरिदिएको हो । अहिले प्ये ल्हु संघ चितवनको टोली लक्ष्य प्राप्तिका लागि घर–घरमा आफ्नो अभियानबारे प्रचारप्रसारमा जुटेको छ ।

कम्तीमा दुई कठ्ठा जमिन खरिदका लागि अर्थ सङ्कलन अभियानमा दौडिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए । ‘हामीलाई चाहिएको भवन हो । भवनका लागि जग्गा चाहियो, त्यसैले पहिले जग्गा खरिद गरेपछि भवन निर्माणमा जुट्ने छौँ’, उनले भने, ‘यस महान् अभियानमा जोडिनका लागि घरदैलोमार्फत आह्वान गर्दै आएका छौँ ।’ अभियानका क्रममा बोल रकम २५ लाखजति सङ्कलन भएको उनले बताए ।

तर, लक्ष्य प्राप्तिका लागि पौने दुई करोड रकम सङ्कलन आवश्यक पर्ने उनको भनाइ छ । ‘अभियानमा जोडिनका लागि सक्नेले जग्गा दान दिएर पनि सहयोग गर्न सक्नुहुन्छ’, उनले भने, ‘कोठा निर्माण गर्न चाहनेका लागि पनि बाटो खुला छ ।

जसलाई जसरी सहयोग गर्न मन छ सोहीअनुसारको सहयोग गरेर हामीसँग सहकार्य गर्न सक्नुहुने छ ।’ जग्गा खरिद गरिसकेपछि पनि निर्माणका लागि आवश्यक सामग्री दिएर जिन्सी सहयोग गर्न पनि सकिने उनको भनाइ छ ।

images
प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - ११:२६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology