Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाटको भर्जन कालिका मन्दिरमा विशेष पुजा सम्पन्न

देवघाटको भर्जन कालिका मन्दिरमा विशेष पुजा सम्पन्न

देवघाटको भर्जन कालिका मन्दिरमा विशेष पुजा सम्पन्न
images

देवघाट । हरेक वर्ष धान्य पुर्णिमाको दिन विशेष पुजा हुने देवघाट गाउँपालिका–५ पिपलटार स्थित भर्जन कालिका मन्दिरमा आइतबार विशेष पुजा सम्पन्न भएको छ । उक्त मन्दिरमा वि.स.२००६ साल देखी हरेक वर्ष धान्य पुर्णिमाको दिन विशेष पुजा गर्ने गरिदै आएको मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

images
images

धेरै पुरानो मन्दिर भएपनि निकै जिर्ण अवस्थाको उक्त मन्दिर हाल पुननिर्माणको क्रममा रहेको छ । देवघाटका प्राय संरचनाहरु पक्की र व्यवस्थित हुँदै गएपनि निकै पुरानो यस मन्दिर जिर्ण अवस्थामा रहेको हुँदा स्थानीय बासिन्दा र संघ संस्थाको सहयोगमा पक्की संरचना निर्माण गरिएको अध्यक्ष न्यौपानेले बताए ।

न्यौपानेका अनुसार गत आर्थिक वर्षको लेखापरिक्षण अनुसार मन्दिर निर्माणकोलागि २१ लाख खर्च भएको र अझै करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ । जस मध्ये अधिकांश रकम देवघाटका सामुदायिक वन, संघ संस्था र दाताहरुबाट संकलन गरिएको छ । उक्त मन्दिर देवघाटको पुरानो र ऐतिहाँसिक मन्दिर रहेको हुँदा मन्दिरको निर्माण पश्चात धार्मिक पर्यटक भित्र्याउन सकिने भन्दै न्यौपानेले मन्दिर निर्माणकोलागि सहयोग गर्न अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस मन्दिर प्रति धेरै जनाको आशा र विश्वास रहेको हुँदा मन्दिर निर्माण कार्यकोलागि गाउँपालिकाबाट आवश्यक बजेट बिनियोजन गर्ने बताए । आफ्नै कार्यकालमा मन्दिर निर्माण गरिसक्न आवश्यक रकम बिनियोजन गर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।

उक्त अवसरमा पन्चेवाजाद्वारा अतिथी र भक्तजनलाई स्वागत गरिएको थियो । सो अवसरमा मन्दिर परिसरमा आयोजित खेल मैदानमा विभिन्न खेलकुँदका कार्यक्रमहरु समेत गरिएको थियो । भर्जन कालिका युवा क्लवको आयोजनामा भएको सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजकको दुबै टिम क्रमशः ए र बी नै प्रथम र दोश्रो भएका छन् । आयोजक ए ले आयोजक बी लाई २–० गोल अन्तरले पराजित गरेको थियो । फुटवल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

त्यस्तै मधुवन र रानीवन सामुदायिक वनको सहभागिता रहेको महिला र पुरुष तर्फको डोरी तान्ने प्रतियोगितामा दुबै समुहमा रानीवन सामुदायिक वन समुह प्रथम भए । त्यस्तै घैटो फुटाइ प्रतियोगितामा मा श्रीधर न्यौपाने प्रथम भएका थिए भने हाँस समाउने खेलमा गिता मगरले हास समाएर प्रथम भएकी थिइन् । त्यस्तै छेलो फाल्ने खेलमा खुम बहादुर गुरुङ प्रथम भएका थिए ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:३७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology