Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

माओवादी केन्द्र चितवनका जिल्ला नेता अबिरल पोखरेल एमाले प्रवेश

माओवादी केन्द्र चितवनका जिल्ला नेता अबिरल पोखरेल एमाले प्रवेश

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
माओवादी केन्द्र चितवनका जिल्ला नेता अबिरल पोखरेल एमाले प्रवेश
images

चितवन, मंसिर २९ – नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अबिरल पोखरेल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

उनलाई बिहिबार एमाले पार्टी कार्यालय चितवनमा स्वागत गरिएको हो । एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।

माओवादीका जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गर्ने क्रम चलिरहेको छ । केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १५:१२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology