Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

पत्रकार महासंघ चितवनको अध्यक्षमा पराजुली निर्वाचित

पत्रकार महासंघ चितवनको अध्यक्षमा पराजुली निर्वाचित

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
पत्रकार महासंघ चितवनको अध्यक्षमा पराजुली निर्वाचित
images

चितवन : नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षतमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।

उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य अत्यधिक मतका साथ निर्वाचित भएका हुन् ।

सदस्य (आदिवासी जनजाती)मा सुनिलकुमार श्रेष्ठ र सदस्य (दलित)मा सरोज उपरकोटी पनि यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्य (महिला)मा अस्मिता पराजुली र सदस्य (खुल्ला)मा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्री प्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल , सुशिल पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १४:१७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology