इच्छाकामना, २९ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका –१, भाराङ्ग स्थित सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

एक कार्यक्रमकाबीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्गले सो सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो ।
गत वर्ष निर्माण कार्य थालनी गरी हालै निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिएसगैं उक्त नवनिर्मित भवनबाट थप सेवा सहित आधारभूत स्वास्थ्य सेवा संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

इच्छाकामनाको विकट वडाको रुपमा रहेको वडा नं. १ को भाराङ्ग, जैतेश, भाप्राङ्ग, ज्यानजाला, जैथली, चौकी, बासपानी लगाएतका स्थानीयले सहज रुपमा आधारभूत लगाएत अन्य सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई भवनको स्तरोन्नती गरिएको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्ग, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं. १ का वडाध्यक्ष सन्त बहादुर मगर, वडा न.. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन, कार्यपालिका सदस्य शंख बहादुर चेपाङ्ग, अन्जु चेपाङ्ग, स्वास्थ्य इकाई प्रमुख सुर्य बहादुर चेपाङ्ग लगाएत स्थानीयको उपस्थिती रहेको थियो ।
,