Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते

जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते

images

इच्छाकामना न्युज

२७, मंसिर २०८१
जाजरकोटमा मध्यराति जिप सडकबाट ८ सय मिटर तल खस्यो, ५ जनाको मृत्यु, २ घाइते
images

जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एक महिने दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। 

 

बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो। 

सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

 

प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय इन्द्रजित थापा (चालक), अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो।

उनीहरुको मृत्यु नलगाड नगर अस्पताल दल्लीमा उपचारको क्रममा भएको र शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको नगर अस्पताल दल्ली जाजरकोटमा उपचार भइरहेको छ। 

यस्तै, अर्का घाइते नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडक बाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो। 

images
प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - ०६:२७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology