Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चिसो बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम

चिसो बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
चिसो बढ्दै : काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्रीभन्दा कम
images

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निरन्तर तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको छ । काठमाण्डौमा आज बिहान यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसअघि आज बिहान ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस मापन भएको थियो । 

सुर्खेतको विरेन्द्रनगरको न्यूनतम तापक्रम तीन दशमलव सात र  जुम्लाको माइनस छ दशमलव पाँच डिग्री सेल्सियम मापन भएको महाशाखाले जनाएको छ ।

यस्तै मुस्ताङ लगायतका अरु उच्च पहाडी तथा हिमाली जिल्लामा तापक्रम घटेर चिसो बढेकाले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:३२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology