Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सिरियाको राजधानी कब्जा गरेको समूहद्वारा सरकारी टीभी र रेडियोबाट सन्देश जारी

सिरियाको राजधानी कब्जा गरेको समूहद्वारा सरकारी टीभी र रेडियोबाट सन्देश जारी

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
सिरियाको राजधानी कब्जा गरेको समूहद्वारा सरकारी टीभी र रेडियोबाट सन्देश जारी
images

सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोबाट विभिन्न सन्देशहरू जारी गरेको छ । हयात तहरीर अल–शम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले राष्ट्रपति बशर अल–असदको शासनको अन्त्य गरेको घोषणा गर्दै राजनीतिक बन्दीहरूलाई जेलबाट रिहा गर्न पनि आह्वान गरेको छ ।  विद्रोही समूहले बशर अल–असदले देश छोडेको दाबी गरेका छन् ।

विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले पनि असदले देश छाडेको बताएका छन्, तर उहाँ कहाँ जानुभयो भन्ने खुलेको छैन । हिजो सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीहरूले आज सिरियाको राजधानी दमास्कस कब्जा गरेका हुन् ।

यसैबीच सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताउनुभएको छ । उहाँले सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताउनुभएको हो । उहाँले विद्रोही कमाण्डर अबु मोहम्मद अल–जवलानीसँग सम्पर्कमा रहेको पनि उल्लेख गर्नुभएको छ ।

सिरियामा सन् २०११ मा शुरु भएको एउटा सामान्य आन्दोलनले ठूलो गृह युद्धको रूप लिएको छ । पछिल्लो एक हप्तामा भने विद्राहीले अकल्पनीय रूपमा विभिन्न शहर कब्जा गर्दै अहिले राजधानी नै कब्जा गरेका हुन् । सिरियामा अमेरिका र बेलायतसहित पश्चिमा देशले एउटा समूहलाई सहयोग गरेका छन्, टर्कीले छुट्टै विद्रोही समूहलाई सहयोग गरेको छ । राष्ट्रपति असदलाई भने रुस, लेबनान, इरान लगायतका देशको समर्थन र सहयोग छ ।

युद्धमा ५० हजार जनाभन्दा धेरैको ज्यान गएको छ भने छ लाख जना विस्थापित छन् । सन् २००० अर्थात् २४ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति बशर अल असदले देशलाई विदेशीहरुका इच्छा पूरा गर्ने थलो बन्न नदिने बताउँदै आउनुभएको थियो । 

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १५:३३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology