Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनका पत्रकार एवं हास्यकलाकार पाठकलाई ब्लड क्यान्सर, परिवारद्वारा सहयोगको अपिल

चितवनका पत्रकार एवं हास्यकलाकार पाठकलाई ब्लड क्यान्सर, परिवारद्वारा सहयोगको अपिल

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
चितवनका पत्रकार एवं हास्यकलाकार पाठकलाई ब्लड क्यान्सर, परिवारद्वारा सहयोगको अपिल
images

चितवन, मंसिर २३ - चितवनका पत्रकार भूपराज पाठकलाई ब्लड क्यान्सर भएको छ । माडी–४, सिम्रहनी निवासी पाठकको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । उनको थप उपचारका लागि भारत लैजाने तयारी पनि हुँदैछ ।

दुई साताअघि लगातार ज्वरो आएसँगै स्वास्थ्य परीक्षण गराउँदा पाठकमा ब्लड क्यान्सर पुष्टि भएको उनका दाइ विपिन पाठकले जानकारी दिए । नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमिति सदस्य, नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मीसमेत रहेका पाठक ब्रेल लिपिमा समाचार पढ्ने पत्रकारका रुपमा समेत परिचित छन् । पाठक माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षकसँगै लोकदोहोरी तथा हास्य कलाकारका रुपमा पनि आफ्नो परिचय बनाएका थिए ।

यसअघि पाठककी आमालाई पनि क्यान्सर देखिएपछि गत वर्ष भारतको नयाँदिल्ली लगेर उपचार गरिएको थियो । आमाको उपचार नसकिँदै पाठकमा समेत क्यान्सर देखिएपछि परिवारमा अर्को बज्रपात परेको छ । पाठकको उपचारमा कम्तीमा ५० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । पाठकमा ब्लड क्यान्सरजस्तो असाध्य र महँगो उपचार खर्च लाग्ने रोग देखिएसँगै उनको उपचारमा सहयोग गरिदिन पाठक परिवारले सबैमा अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १३:०५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology