Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो

सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो

images

इच्छाकामना न्युज

२०, मंसिर २०८१
सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो
images

एजेन्सी । सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जना नागरिकको ज्यान गएको छ ।

आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको ज्यान गएको डार्फर क्षेत्रका गभर्नरले मिन्नी मिनावीले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र २० जना घाइते भएका गभर्नर मिनावीले बताउनुभएको छ ।

उहाँले हिजो भएको आक्रमण पूर्ण आपराधिक कार्य भएको भन्दै स्वतन्त्र छानविनको लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएकोछ । उहाँले अन्तर्राष्ट्रिय समुदाय र मानवीय सङ्गठनहरूलाई अपराधको दस्तावेजीकरण गर्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अनुसन्धान टोली पठाउन आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।

आरएसएफले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । गएको वर्षको अप्रिलदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच द्वन्द्व भइरहेको छ । पछिल्लो द्धन्दमा मात्रै २७ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । १४ लाख जना मानिस विस्थापित भएका छन् ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १५:३२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology