Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

पाकिस्तानमा इमरान खानकी पत्नीविरुद्ध मुद्दा दर्ता

पाकिस्तानमा इमरान खानकी पत्नीविरुद्ध मुद्दा दर्ता

images

एजेन्सी

१४, मंसिर २०८१
पाकिस्तानमा इमरान खानकी पत्नीविरुद्ध मुद्दा दर्ता
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ । नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो ।

इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू इस्लामवाद छिरेका थिए ।

यही विरोध प्रदर्शनको मामिलामा बुशरा बीबी र पीटीआई नेता हाकिम खानसहित ३०० जनामाथि मुद्दा हालिएको हो । नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३०० जना कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेली लिएर इस्लामाबाद पुगेको प्रहरीले दर्ता गरेको एफआईआरमा भनिएको छ ।

प्रदर्शनकारीहरूलाई शहरमा धारा ४४ लागू भएको बारे सूचित पनि गरिएको पुलिसले एफआईआरमा उल्लेख गरेको छ । तर त्यसपछि पनि प्रर्दशनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको भनिएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - ०८:१७:२६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology