Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा अझै पनि डेंगी र स्क्रब टाइफसका बिरामी घटेनन्

चितवनमा अझै पनि डेंगी र स्क्रब टाइफसका बिरामी घटेनन्

इच्छाकामना न्युज

११, मंसिर २०८१
चितवनमा अझै पनि डेंगी र स्क्रब टाइफसका बिरामी घटेनन्
images

चितवन —चिसो बढ्दै गए पनि चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी घट्न सकेन ।

images
images

खास गरी गर्मी र बर्खायामका बेलामा यिनको संक्रमण अत्यधिक देखिने भए पनि चिसाे बढेसँगै हराउँदै जान्थ्यो । तर अहिले मंसिर पहिलो साता बितिसक्दा पनि यसको प्रभाव कम भएको छैन । चितवन जनस्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार साउनयता मंसिर पहिलो सातासम्म चितवनमा २ हजार ७ सय ३६ जनालाई डेंगी संक्रमण भएको छ ।

बाहिरी जिल्लाबाट चितवनमा उपचार गराउन आएका थप ८ सय २१ जनामा पनि संक्रमण देखिएको छ । त्यसै गरी स्क्रब टाइफसबाट संक्रमित हुनेहरू चितवनका ३ सय ५२ र चितवनबाहिरका ३ सय ३७ गरी ६ सय ८९ जना रहेका छन् । कात्तिक मसान्तसम्म चितवनमा मात्रै डेंगी संक्रमित २ हजार ६ सय २५ थिए ।

त्यसैगरी स्क्रब टाइफसका बिरामी ३ सय ३४ जना मात्रै थिए । मंसिर १ देखि ७ गतेसम्म मात्रै चितवनमा डेंगी संक्रमित १ सय ११ र स्क्रब टाइफसका १८ जना बिरामी थपिएका छन् । ‘कात्तिकमा संक्रमण उच्च थियो । गत वर्ष पनि यस्तै थियो । चिसो बढेसँगै डेंगी संक्रमण केही घटे पनि रोकिएको छैन । पुस/माघको जाडोमा पनि ठप्प नहुने देखिन्छ,’ जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रूपाखेतीले भने । डेंगी र स्क्रब टाइफसबाट संक्रमित भएकामध्ये एक–एक जनाको निधन भइसकेको रूपाखेतीले बताए ।

एडिज जातको लामखुट्टेको टोकाइका कारण डेंगी फैलिएको छ भने मुसामा हुने परजीवी भुसुनाले टोकेपछि स्क्रब टाइफस फैलिएको छ । सात स्थानीय तह रहेको चितवनमा डेंगी संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाभित्र रहेका छन् । त्यसपछि रत्ननगर नगरपालिका र तेस्रोमा जिल्लाको पहाडी भेग इच्छाकामना गाउँपालिकामा रहेका छन् ।

चितवनमा सुरुमा इच्छाकामना गाउँपालिकाको मुग्लिन, कुरिनटार र फिस्लिङ जस्ता बजार क्षेत्रमा डेंगी फैलिएको थियो । त्यसपछि भरतपुर र रत्ननगरमा फैलिएको हो । अहिले जिल्लाका सबै पालिकामा डेंगी र स्क्रब टाइफसका बिरामी छन् ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - २३:३२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology